पेट्रोलको भाउ दुई रुपैयाँ बढ्यो, डिजेल र मट्टीतेलको एक रुपैयाँ घट्यो

  • नमस्ते कर्णाली

  • ३१, साउन २०८२
    काठमाण्डौ।नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँले बढाएको छ भने डिजेल र मट्टीतेलको एक रुपैयाँले घटाएको छ ।
    भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको खरिद मूल्य अनुसार नयाँ भाउ तोकिएको निगमले जनाएको छ ।
    अब चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ लिटरमा १५८ रूपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको १४६ रूपैयाँ ५० पैसा पर्नेछ ।

    सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६० रूपैयाँ र डिजेल–मट्टीतेलको १४८ रूपैयाँ पर्नेछ ।
    यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६१ रूपैयाँ र डिजेल–मट्टीतेलको १४९ रूपैयाँ पर्नेछ ।

  • ३२ श्रावण २०८२, शनिबार ०६:३५ प्रकाशित

  • Nabintech