कोहलपुर, बाँके — नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोहलपुर नगरपालिका वडा नं. ३ वडा कमिटीको आयोजनामा हरितालिका तीजको अवसरमा आईतबार तीज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य बसन्ती न्यौपानेले तीज जस्ता पर्वले महिला सशक्तिकरण, आपसी सद्भाव र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने भएकाले सबैले एकताबद्ध भई पर्व मनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले परम्परागत चाडपर्वलाई केवल मनोरञ्जनका रुपमा नभई सामाजिक परिवर्तनको आधार बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।
त्यसैगरी वडा अध्यक्ष माधव रिजालले महिलाहरुको महान पर्व हरितालिका तीजले आमा, दिदी–बहिनीबीचको आत्मीयता, संस्कार र परम्पराको संरक्षणमा विशेष योगदान पु¥याउने भन्दै यस पर्वलाई सभ्य र संस्कृतिपूर्ण ढंगले मनाउनुपर्नेमा जोड दिनुभयो ।
यस अवसरमा जिल्ला सचिव बलराम भट्टराईलगायत अतिथिहरुले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कुस्मा बस्याल, केशब शाही, खेम राज शर्मा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको वडा कमिटि अध्यक्ष गोेकर्ण महताराले जानकारी दिनु् भयो ।
तीज पर्वको महत्व, संस्कृतिको संरक्षण र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दर खाने कार्यक्रममा सहभागीहरूले शुभकामना आदान–प्रदान गर्दै परम्परागत पर्वलाई भव्यताका साथ मनाउनुपर्नेमा जोड दिएका थिए ।
यसै अवसरमा तीज विशेष टिकटक प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा २३ जनाले सहभागिता जनाएका थिए भने सो प्रतियोगितामा सपना मल्ल प्रथम हुनुभएको वडा कमिटी अध्यक्ष गोकर्ण महताराले नमस्ते कर्णाली राष्ट्रिय दैनिकलाई जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।