मुगु जिल्ला रिखियाँ गाउँमा २०४८ साल फाल्गुण २० गते जन्मेका रतन बहादुर शाहीको जीवन संघर्ष, सामाजिक योगदानले शिक्षा क्षेत्रमा एउटा प्रेरणादायी उदाहरण पेश गरेको छ । सामान्य किसान परिवारमा जन्मेका शाहीको बाल्यकाल कठिन परिस्थितिहरूले घेरिएको थियो । ९ वर्षको उमेरमा उनका पिता क्यान्सर रोगका कारण निधन भएको थियो । उनका दुई भाइ र दुई बहिनीलाई आमाले कठिन परिस्थितिका बाबजुद हुर्काउनु भएको थियो ।
सानै उमेरदेखि तीक्ष्ण दिमाग भएका रतन शाहीलाई आमाले स्थानिय विद्यालयमा भर्ना गरिन् । विद्यालयका प्रत्येक कक्षामा उनी सदैव उत्कृष्ट रहे । तर, १२ वर्षको उमेरमा तत्कालीन जनयुद्ध/संक्रमणकालीन अवस्थामा दुई वर्ष भुमिगत रहनु पर्यो । भुमिगत अवस्थामै पनि उनीले अध्ययनलाई निरन्तरता दिए । यसै समयमा उनी क्षेत्रीय कलाकार कपिल सरोजको नेतृत्वमा जनसांस्कृतिक परिवारसँग जोडिए र आफ्नो कलात्मक प्रतिभा र बौद्धिक क्षमताले आम जनमानसको मन जित्न सफल भए । २०६३ सालमा एस.एल.सी. परीक्षा दिँदा शाही आर्थिक अभावले गर्दा श्री महादेव मष्टा माविमा भर्ना भए । निरन्तर अध्ययन र मेहनतको परिणामस्वरूप २०६७ सालमा उनी तत्कालीन मध्यपश्चिमको एकमात्र सार्वजनिक शैक्षिक गुठी श्री कोहलपुर माध्यमिक विद्यालयमा प्राबि शिक्षकका रूपमा अध्यापन कार्य सुरु गरे । यसैबीच, बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरमा बीएड भर्ना भएका शाही बिहान क्याम्पस र दिउँसो विद्यालयमा पढाउँथे, साथै पार्टटाइम रूपमा पत्रिका बेच्ने काम पनि गर्थे । शिक्षण क्षेत्रमा उत्कृष्ट प्रदर्शन देखाएर उनी गुठी संचालक समितिले निमावि तहमा बढुवा गर्यो बीएड तेस्रो वर्ष पढ्दै गर्दा उनी सोही विद्यालयको प्रधानाध्यापक बने ।
२०७१–२०७५ सालसम्म प्रधानाध्यापकको जिम्मेवारी समालेका शाहीले विद्यालयको पूर्वाधार निर्माण, साधारण सदस्य र गुठी सदस्यहरुको अभिलेख तयार पार्ने, र पहिलो विद्यालय बस ल्याउने कार्य सफलतापूर्वक सम्पन्न गरे । २०७५ सालदेखि जुम्ला स्थित श्री जे.आर. कर्णाली बोर्डिङ स्कूलको प्रिन्सिपलको रूपमा कार्यरत हुँदा शाहीले शिक्षा क्षेत्रमा ख्याती कमाए । उनले प्याब्सन जुम्लामा जिल्ला सचिवको रूपमा पनि काम गरे । कोरोना महामारीको समयमा सहकर्मी शिक्षकहरूसँग मिलेर लोकसेवा र शिक्षक सेवा आयोगको तयारी गर्दै २०७९ को शिक्षक सेवा आयोगमा कर्णाली प्रदेशमा अङ्ग्रेजी विषयमा तेस्रो स्थान प्राप्त गरे । स्वेच्छाले श्री लोकप्रिय मावि, गम्था, मुगुमा एक शैक्षिक सत्र शिक्षण गरेपछि शाही आफ्नो गाउँको विद्यालय श्री महादेव मष्टा नमुना मावि, रातापानीमा प्रधानाध्यापकको रूपमा फर्किए । १ वर्षको अवधिमा विद्यालयलाई नमुना विद्यालयको दर्जा दिलाउन सफल भएका शाहीले पालिका स्तरीय प्रतियोगितामा विद्यालयलाई अग्रस्थान दिलाएका छन् । बाँके, जुम्ला र मुगुमा रहँदा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भई स्वयम्सेवक तथा विभिन्न कार्यसमितिमा रहेको अनुभव समेत रहेको छ । कोहलपुर माविमा प्र.अ.को रुपमा रहँदा गुठी तथा सामुदायीक विद्यालयमा राजश्व मिनाह गरि नेपालमा प्रथम बस ल्याइएको थियो जस्ले गर्दा विद्यार्थीलाई ठुलो राहत मिलेको छ । किताब भन्दा पाठ्यक्रम, सिकाइ उपलब्धि, बिशिष्टिकरण तालिका, नमुना प्रश्न आदिलाईको शिक्षण लाई प्राथमिकता दिने उनको योजना छ ।
प्र.अ शाहीका महत्वपूर्ण उपलब्धिहरू
१) वडा सरकारसँग सहकार्यमा शैक्षिक योजना निर्माण र आन्तरिक प्रशासन सुधार कार्ययोजना निर्माण ।
२) २०८१ सालको पालिका स्तरीय निमावि तह हाजिरीजवाफ प्रतियोगितामा प्रथम ।
३) २०८१ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम ।
४) २०८१ सालको आधारभूत तह उर्तिण परीक्षा (कक्षा ८) मा मावि प्रथम ।
५) पालिका भरीका विद्यालयहरूमा उत्कृष्ट कार्यसम्पादनमा मावि प्रथम, रु. ३,००,०००/- प्रोत्साहन अनुदान प्राप्त ।
६) SEE २०८१ र कक्षा १२ मा उत्कृष्ट नतिजा ।
७) वडा स्तरीय अन्तरविद्यालय प्रावि तह हाजिरजवाफ प्रतियोगितामा प्रथम ।
८) ४० वर्ष लामो शिक्षण पेशामा शिक्षक श्री जयपुरा खड्का कार्कीलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान ।
हाल कार्यरत बिधालय श्री महादेव मष्टा नमुना माविमा सक्रिय रुपमा संस्थागत बिकासको लागि लागि परेका शाहीले अत्यावश्यक पेशागत तालिम बाहेक अन्य तालिम र गोष्टिमा नजाने घोषणा गरेका छन जसको ज्वलन्त उदाहरण राष्ट्रपति रनिङ शिल्डको समयमा आफ्नो टिपिड तालीममा सहभागी भएनन । बिद्यार्थी समयमा आफुले भोगेको अभाव,पिडा र दुख सम्झिदै शाही भन्छन राम्रो स्कुल बनाउने मेरो सपना हो यदि यसैका लागि केही गर्न सकिएन भने पेशागत जीवन रहनुको अर्थ छैन । सामुदायिक बिधालय अब्बल छैनन भन्नेका लागि महादेव मष्टा एक उदाहरणिय बिधालय हो । खत्याडका हरेक सामाजिक कार्यक्रममा शाहीको सक्रिय सहभागीता हुने गर्दछ । २०७९ साल देखि हाल सम्मका खत्याडका हरेक कार्यक्रममा अहम भुमिका खेल्दै आएका छन । प्रथम खत्याड रारा गोल्डकप संचालन गर्न अहम भुमिका खेलेका थिए । सार्वजनिक निकायहरुमा हुने हरेक क्रियाकलापलाई प्रतिशोधपुर्ण भावमा लिने र राजनीतिकरण गर्ने तथा राजनैतिक कुरा जोड्ने प्रम्पराको सिकार शाही नभएका हैनन तर पनि ढृढताका साथ आफ्ना पेशागत र सामाजिक योजना लिएर अगाडी बढेका छन । रतन बहादुर शाहीको जीवन कथा संघर्ष, समर्पण र प्रतिबद्धताको प्रतीक हो । मुगुको दुर्गम गाउँबाट संघर्षपूर्ण जीवनको सामना गर्दै उनले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिएका छन् र आफ्नै समुदायमा विद्यालयलाई नमुना बनाउने सपना पूरा गर्दै छन् ।
राम्रो शिक्षक राम्रो बिद्यालय
– बिद्यालय संचालनका ६ दिनको प्रस्ट योजना ।
– शैक्षणिक, अतिरिक्त क्रियाकलाप र नितिगत कार्यको जिम्मेवारी बाँडफाँड र मनिटरिङ्ग योजना ।
– सोही दिनको काम सोही दिनमा सक्ने ।
– अतिरिक्त परीक्षा तथा मुल्यांकन प्रणाली ।
– उपल्लो सरकारी निकाय तथा गैर–सरकारी संघ संस्था र लिंक संस्था संगको साझेदारी र सहकार्य योजना ।
– बिद्यालय एक संसारको अवधारणा ।
– अभिभावक, बिद्यार्थी र शिक्षक बाट समसामयिक बिषयको जानकारी र सुचना संकलन अनि प्रसारण तथा समस्या समाधान ।
– प्रत्येक दिनका हरेक क्रियाकलापको लिखित अभिलेखिकरण प्रणाली ।