हरितालिका तीजमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

  • नमस्ते कर्णाली

  • दाङ।लुम्बिनी प्रदेश सरकारले आगामी हरितालिका तीज पर्वकाे अवसरमा मंगलबार भदौ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका तीजकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हाे ।

    मन्त्रालयका उपसचिव तथा प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार हरितालिका तीजको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

  • ९ भाद्र २०८२, सोमबार १२:१३ प्रकाशित

  • Nabintech