लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

  • नमस्ते कर्णाली

  • १५, भदौ २०८२

    दाङ ।लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ ।

    उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार उनको निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले विज्ञप्ति मार्फ जानकारी गराउनु भएकाे छ ।

    पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो ।

    पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उहाले मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उहाँ एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य हुनु भएको थियाे । लुम्विनी प्रदेश सभा ८७ सदस्यीय छ ।

  • १५ भाद्र २०८२, आईतवार ०६:०६ प्रकाशित

  • Nabintech