मुगुको महाकाली विद्यालयमा सिभिल इन्जिनियरिङ पढाई सुरू

  • सनत हमाल

  • मुगु । मुगुको छायानाथ रारा नगरपालिका स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा आइतबारदेखिसिभिल इन्जिनियरिङ पठनपाठनको उद्घाटन गरिएको विद्यालयमा आयोजना गरिएको औपचारिककार्यक्रममा संघीय वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाहीले सिभिल इन्जिनियरिङ धारकोपठनपाठनको उद्घघाटन गर्नुका साथै पठन पाठनको सुभाररम्भ गरेका हुन्

    उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले प्राविधिक धारा सिभिल इन्जिनियर शिक्षाको आरम्भसँगै मुगुमा दक्षजनशक्ति उत्पादन हुन सके यस जिल्लाको विकास निर्माणलगायतको कार्यमा उपयोगी हुने बताए

    मन्त्री शाहीले युवालाई प्राविधिक शिक्षा दिन सकिएमा रोजगारीका अवसर सिर्जना हुने विदेश पलायनमा समेतकमी आउने उल्लेख गरे उनले यस धारबाट निस्कने विद्यार्थीले आफ्नै गाउँमा सडक, भवन, पुल तथा अन्यसंरचना निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे

    पूर्वमन्त्री कर्णाली प्रदेश सभा सदस्य मंगल बहादुर शाहीले यो ऐतिहासिक कदमसँगै मुगुमा शिक्षाको गुणस्तर मात्रनभई आर्थिक, सामाजिक भौतिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने बताए

    जिल्ला समन्वय समितिका प्रमुख मन्जर बहादुर कार्कीले मुगुमा प्राविधिक शिक्षाको आधार निर्माण भएको भन्दैयसलाई अझ प्रभावकारी बनाउन तीन तहका सरकारबीच सहकार्य आवश्यक भएको बताए

    अबका दिनमा विद्यार्थीले अध्ययन गरेर सिधै व्यवहारमा ज्ञान उपयोग गर्न सक्ने उनको भनाई त्यसैगरीछायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले सिभिल इन्जिनियरिङ विषय सुरु हुनु नगरकै लागिगर्वको कुरा भएको बताए उनले स्थानीय तहले सम्भव भएसम्म विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धताजनाए

    उनले अहिले पहिलो वर्ष ३० लाख बजेट व्यवस्थापन गरेको यो आवश्यक अनुसार बढ्दै जाने बताए उनकाअनुसार आजका दिनसम्म प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता थियो अब भने घरमै बस्दै गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्न सकिने नगरप्रमुख भामले बताए

    सिभिल इन्जिनियरिङ धार सुरु भएपछि मुगु जिल्लाका विद्यार्थीले राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता कमहुने अपेक्षा गरिएको यससँगै स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन हुने जिल्लाका विकास निर्माणकाकाममा गति आउने विश्वास लिइएको नगरप्रमुख भामले बताए

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र मल्लले विद्यालयमा नयाँ धार सुरु हुनुलाई ऐतिहासिक उपलब्धिभन्दै विद्यार्थीलाई अनुशासित, दक्ष जिम्मेवार प्राविधिक जनशक्ति बनाउन विद्यालय प्रतिबद्ध रहेको बताए उनले अभिभावक सरोकारवालालाई यस धारलाई सफल बनाउन सहकार्य गर्न आग्रह गरे

    विद्यार्थीले यस अवसरलाई आफ्नो भविष्य निर्माणको ढोका खुलेको भन्दै खुशी व्यक्त गरेका छन् उनीहरूले अबगाउँमै बसेर आधुनिक प्राविधिक शिक्षा सिक्न पाउने भएपछि पढाइप्रति थप उत्साह बढेको बताए

    महाकाली नमुना माध्यमिक विद्यालय गमगढी मुगुमा कक्षा देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी प्राविधिकधारअन्तर्गत सिभिल इन्जिनियरिङ विषय पठनपाठन सुरु गरिएको पहिलो वर्ष ५५ जना भर्ना भएका छ्न्



  • १५ भाद्र २०८२, आईतवार १४:३६ प्रकाशित

  • Nabintech