सार्वजनिक यातायात बन्दको घोषणा

  • नमस्ते कर्णाली

  • भदौ २४, २०८२
    काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौँ उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा गरेको छ ।
    महासङ्घले आज विज्ञप्ति जारी गर्दै सरकारले विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेका कारण असहज परिस्थिति बनेको भन्दै देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ ।

    महासङ्घले हिजो सोमबार जेनजी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने विज्ञप्ति मार्फत जनाएको छ ।

  • २४ भाद्र २०८२, मंगलवार १५:०६ प्रकाशित

  • Nabintech