जुम्ला कारागारमा कैदी फर्किने क्रम जारी:शुक्रबार ५ जना प्रहरीको नियन्त्रणमा २५ अझै फरार

  • नमस्ते कर्णाली

  • जुम्ला,२८ भदौ।

    जुम्ला कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम चलिरहेको छ।३६ जना भागेकाहरुमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। जुम्लाका प्रहरी डिएसपी रबिनबाबु रेग्मीका अनुसार शुक्रबारमात्रै ५ जना कैदीलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा सन्तोष सार्की,भक्त राज शाही,पुन्न वि.क, डम्बर नेपाली र सुरेन्द्र महत छन्। यस्तै प्रेम राजा महत ,दिनेश लावड,हिक्मत गिरी,डिली कार्की,भिम प्रसाद कडायत र हुकुम शाही छन्।गतमंगलबार राति कारागारमा ४१ जना भागेका थिए।प्रहरीले मंगलबार राति नै ५ जनालाई नियन्त्रणमा लिएर कारागारमा राखिसकेको थियो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविनबाबु रेग्मीले भने, अन्य बाकी कैदीको प्रहरीले खोजी गरिरहेको छ ।’एक नाबालकसहित ९८ जना कैदीबन्दी थिए।

    पाँच जना महिला कैदीबन्दी भने कारागारमै बसेका थिए । उनीहरुले प्रहरी र नाइकेलाई चिर्पट प्रहार गर्दै ढोका फोडेर भागेका हुन् ।’ अहिले २५ जना कैदीबन्दी अझै फरार छन्। डीएसपीले रेग्मीले थपे, ‘अहिले भेटिएकाहरुलाई नियन्त्रणमा लिइरहेका छौं । नभेटिएका कैदीबन्दीका आफन्तहरुको सम्पर्क नम्बर पत्ता लगाएर सम्झाइबुझाइ गर्ने कार्य चलिरहेको छ।’अहिले प्रहरीले भागेका कैदीबन्दी सम्पर्कमा नआएर कैद सजाय बढ्न सक्ने समेत चेतावनी दिइरहेको छ । जिल्ला प्रशासन कार्यालयले भागेका कैदीबन्दी समयमै फर्किन सार्वजनिक रुपमा अपिलसमेत गरेको छ । अहिले जिल्ला कारागार जुम्लाका नेपाल प्रहरी,सशस्त्र प्रहरी नेपाली सेनाले संयुक्त रुपमा सुरक्षा दिइरहेको छ ।

  • २८ भाद्र २०८२, शनिबार ११:५१ प्रकाशित

  • Nabintech