नेपालगन्जमा खसीबोका मोलमोलाई विवाद : झडपमा एकजनाको ज्यान

  • नमस्ते कर्णाली

  • ५, असोज २०८२
    बाँके ।नेपालगन्ज–५ बेहनाटोलमा खसीबोकाको मोलमोलाई गर्ने क्रममा ग्राहक र बिक्रेताबीच विवाद हुँदा भएको झडपमा एक जनाको ज्यान गएको छ।

    मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय जागीर अलि बेहना रहेका छन्। नातेदारबीचै भएको विवाद हिंसात्मक रूप लिँदा उनी घाइते भएका थिए। घाइते वागवानको उपचारका क्रममा शुक्रबार मध्यान्ह २ बजेतिर भेरी अस्पतालमा उनको मृत्यु भएको हो।

    प्रहरीका अनुसार मोलमोलाईकै विषयमा सालाभेनाबीच विवाद बढ्दै झडप भएको थियो। घटना शुक्रबार विहान भएको हो।

    घटनापछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुस्ताक अलि बेहना, इसराक अलि बेहना, चाँद बाबु बेहना र सेराज अलि बेहना रहेका छन्। बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ र थप संलग्नताको विषयमा अनुसन्धान भइरहेको छ।

     

  • ५ आश्विन २०८२, आईतवार १०:३३ प्रकाशित

  • Nabintech