६, असोज २०८२
जुम्ला । सिँजा गाउँपालिका–३ नराकोट बसपार्क नजिक सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। कनकासुन्दरी गाउँपालिका–४ का ललजिंग बुढाले चलाउँदै गरेका भे २ त २०६२ नम्बरको ट्याक्टर पार्किङ गर्ने क्रममा अचानक अनियन्त्रित भई इञ्जिनको भाग मात्र पल्टिँदा दुर्घटना भएको नराकोट प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक बुढाको टाउको, बायाँ कान र हातमा चोट लागी घाइते भएका छन्। उनलाई तत्कालै सिँजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको र अहिले अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।