धम्बोझीमा ट्याक्टरको ठक्करबाट व्यवसायी थापाको मृत्यु

  • नमस्ते कर्णाली

  • ८, असोज २०८२
    बाँके ।बाँकेको नेपालगन्ज–१, धम्बोझीमा मंगलबार दिउँसो भएको सडक दुर्घटनामा भेरी आयलका सञ्चालक समेत रहेका ५५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार दिउँसो करिब ३ बजेर २५ मिनेटमा भे.१२ प. ९४८७ नम्बरको पल्सर मोटरसाइकललाई भे.१ त.७७८४ नम्बरको ट्याक्टरले ठक्कर दिएर कुल्चिँदा थापाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटना धम्बोझीस्थित वाटरपार्क जाने बाटोमा भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

  • ८ आश्विन २०८२, बुधबार १०:४४ प्रकाशित

  • Nabintech