यरिचौकमा कृषि विकास बैंकको शाखा सञ्चालन

  • नमस्ते कर्णाली

  • सुर्खेत, ९ असोज ।

    कृषि विकास बैंक लिमिटेडले वीरेन्द्रनगरमा शाखा थप गरेको छ । मंगलबार बैंकले वीरेन्द्रनगर–३, यरिचौकमा आफ्‌नो २७० औं शाखा सञ्चालनमा ल्याएको हो । कृषि विकास बैंक लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका अनुसार विस्तारित शाखाबाट कर्जा, विभिन्न निक्षेप सेवाहरु एटिएम, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आस्बा सम्बन्धि सेवा प्रवाह हुनेछन् । त्यस्तै, सुनचाँदी तथा बहुमूल्य गरगहना सुरक्षित राख्न लकर सुविधासमेत उपलब्ध हुने बैंकले जनाएको छ ।

  • ९ आश्विन २०८२, बिहीबार १०:५१ प्रकाशित

  • Nabintech