११, असोज २०८२
हुम्ला । हिमाली जिल्ला हुम्लाबाट गत आर्थिक वर्ष ०८१/०८२ मा २१ प्रकारका जडिबुटीहरु जिल्ला बाहिर निकाासी भएका छन् । यी जडिबुटी दशदेखि उनानतीस हजार केजी भन्दा निकासी गरिएको हो ।
डिभिजन बन कार्यालयले उपलब्ध गराएको बिबरण अनुसार उक्त आर्थिक वर्षम सबै भन्दा बढी जटामासी उनानतीस हजार चार सय केजी निकासी भएको छ भने सबै भन्दा कम सुनपाती दश केजी निकासी भएको छ ।
सो आर्थिक वर्षमा हुम्लाबाट जटामासी, धुपीपात, सेतक चिनी, कुट्की, सुगन्धवाल, सीलाजीत, पदमचाल, भोजपत्र, अतिस, पाषनदेव लगाएत २१ प्रकारका जडिबुटी निकासी भएका छन ।
यी सवै जडिबुटी गरि एक लाख २३ हजार ९८५ केजी निकासी भएको हो । यसबाट ३९ लाख २३ हजार २२५ रुपियाँ राजस्व असुली भएको छ । राजस्वमा सबै भन्दा बढी जटामासीमा प्रतिकेजी ७५ रुपिया रहेको छ भने सबै भन्दा कम धुपी र डाले चुकमा प्रतिकेजी दुई रुपिया राजस्व लाग्ने गर्छ ।