एमाले महासचिव शंकर पोखरेलको आग्रह : सचेत रहौँ, जनताको सुरक्षामा जुटौँ

  • नमस्ते कर्णाली

  • काठमाडौं, १८ असोज ।
    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशभर भइरहेको निरन्तर वर्षा र सम्भावित विपद्‌का कारण जनसुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
    मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले पोखरेलले सबै नागरिकलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्न अनुरोध गरेका हुन् ।
    उनले भने, “यो विपद्‌को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपंक्तिमा रहनुपर्छ । बाढी, पहिरो र डुवानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहौँ ।”
    महासचिव पोखरेलले विशेषगरी स्थानीय पार्टी कमिटीहरूलाई सक्रिय रहँदै राज्यका सरोकारवाला निकायहरूसँग सहकार्य गर्न निर्देशन दिएका छन् ।
    महासचिव पोखरेलले सबै जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावनामार्फत विपद् व्यवस्थापनमा सहभागिता जनाउन पनि आह्वान गरेका छन् ।

  • १८ आश्विन २०८२, शनिबार १३:१८ प्रकाशित

  • Nabintech