हिमाली जिल्ला हुम्लामा सहुलियत पसलबाट दसैँ, तिहार र छठ पर्वसम्म ८१ लाखभन्दा बढी मूल्यको खाद्यान्न बिक्री

  • नमस्ते कर्णाली

  • १९, असोज २०८२
    हुम्ला । हिमाली जिल्ला हुम्लामा सहुलियत पसलबाट ८१ लाखभन्दा बढी मूल्यको खाद्यान्न बिक्री वितरण भएको छ। दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको निर्णयअनुसार सिमकोट शाखाबाट सो खाद्यान्न बिक्री बितरण गरिएको हो।
    लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णबहादुर थापामगरका अनुसार हालसम्म सहुलियत पसलबाट ८१ लाख ४३ हजार २५२ रुपैयाँ मूल्यको खाद्यान्न बिक्री भएको छ।

    भदौ ३० गतेबाट सहुलियत पसलबाट चामल, तेल र चिनी बिक्री सुरु गरिएको थियो। हालसम्म एक हजार ५७ दशमलव २४ क्वीन्टल चामल बिक्री भएको छ भने दुई हजार केजी चिनी र २४६ लिटर तेल बिक्री गरिएको छ।
    खाद्यान्न बिक्रीमा शाखासँग सात प्रकारको चामल रहेकोमा उपभोक्ताको चाहनाअनुसार सबै खाले चामल बिक्री भइरहेको छ।
    शाखाको गोदामा सात हजार १०१ दशमलव ६७ क्वीन्टल खाद्यान्न मौज्दात रहेकोमा त्यसैबाट हाल सहुलियत मूल्यमा बिक्री बितरण भएको हो। उपभोक्ताको आबश्यकता अनुसार चारदेखि पाँच बोरा चामल बिक्री गर्ने गरिएको छ। बिगतमा जस्तो तोकिएको खाद्यान्न बिक्री गर्नु परेको छैन।
    त्यसैगरि अदानचुली गाउँपालिकाको डिपो कार्यालय श्रीनगरबाट सहुलियत पसलका लागि पाँच सय क्वीन्टल चामल कोटा रहेको सो बिक्री भई रहेको छ। पचास क्वीन्टल चिनी र एक हजार लिटर तेल पनि श्रीनगर डिपोबाट सहुलियत पसलबाट बिक्री भई रहेको छ। यता बिक्री केन्द्र याल्वाङबाट पनि सहुलियत पसलबाट खाद्यान्न बिक्री कार्य भई रहेको छ।
    याल्वाङ बिक्री केन्द्रका लागि एक सय क्वीन्टल खाद्यान्न मात्र बिक्री भएको शाखाले जनाएको छ। अब खाद्यान्न बिक्रीका लागि जनशक्तिको ब्यवस्था गरेर सर्केगार्ड गाउँपालिकाको डिपो कार्यालय सर्केगार्डबाट पनि सहुलियत पसलबाट खाद्यान्न बिक्री गरिएको शाखाले जनाएको छ।
    लिमिटेडले चाडपर्व लक्षित गरि चामल र चिनीमा प्रतिकेजी पाँच रुपियाँ तथा तेलमा प्रतिलिटर सात रुपियाँ छुटको ब्यवस्था गरेको थियो।

  • १९ आश्विन २०८२, आईतवार ०९:०० प्रकाशित

  • Nabintech