दशैं सकिएसँगै भेरी अस्पतालको ओपीडी सेवा पुनः नियमित सञ्चालनमा

  • नमस्ते कर्णाली

  • २०, असोज २०८२

    बाँके । भेरी अस्पताल नेपालगञ्जको बहिरंग (ओपीडी) सेवा आजदेखि पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।
    दशैं विदाका कारण केही दिनका लागि बन्द रहेको ओपीडी सेवा आजदेखि पूर्वनिर्धारित समयअनुसार सुरु भएको अस्पताल प्रशासनले जनाएको छ।

    अस्पतालका अनुसार दशैंका कारण सीमित रूपमा सञ्चालन भइरहेका अन्य स्वास्थ्य सेवाहरू पनि आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन्।
    दशैंको सार्वजनिक बिदा सकिएपछि बिरामीको भीड बढ्ने भएकाले अस्पतालले सबै सेवा सहज र प्रभावकारी रूपमा सञ्चालनका लागि तयारी गरेको जनाएको छ।

     

  • २० आश्विन २०८२, सोमबार ०८:५० प्रकाशित

  • Nabintech