चार दिनदेखि बेपत्ता बालिकाको शव फेला

  • नमस्ते कर्णाली

  • २१, असोज २०८२
    बर्दिया । चार दिन अघि बेपत्ता भएकी बर्दियाको गेरुवा गाउँपालिका वडा नं ५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको शव फेला परेको छ । उनको शव बुढी खोलाको किनारमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं ५ गणेशपुर स्थित आफन्तको घरमा विवाह भोज खान गएकी थिइन् । भोज खाएर उनी घर नफर्के पछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । बालिकाको खोजतलास गर्दै जाने क्रममा शनिबार सोही वडाको मुलापानी बुढीखोलामा साइकल फेला परेका थियो ।

    बालिकाको खोजतलास गर्ने क्रममा बुढीखोलाको किनारमा गाडेको अवस्थामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र मल्लले बताउनु भयो । घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरिक्षक कबिन्द्र सिंह बोहराको कमाण्डमा टोलि खटिएको उहाँले बताउनु भयो । शव खोजविनका लागि प्रहरीले कुकुर परिचालन गरेको थियो ।स्थानीयबासीले बालिकाको मृत्यु शंकास्पद भएको बताउँदै आवश्यक अनुसन्धान गरि दोषी उपर कारवाही गर्नुपर्ने माग गरेका छन्

  • २१ आश्विन २०८२, मंगलवार १३:१३ प्रकाशित

  • Nabintech