प्रथम हिमज्योती स्ववियु कप खुला भलिबल प्रतियोगितामा सम्पन्न

प्रतियोगितामा मदानदेव युवा क्लब प्रथम


  • नमस्ते कर्णाली

  • हुम्लाको सर्केगाडमा जिल्ला स्तरीय प्रथम हिमज्योती स्ववियु कप खुला पुरुष भलिबल प्रतियोगितामा सम्पन्न भयको छ । जसमा मदानदेव युबा क्लब प्रथम भएको छ । अदानचुली भर्सेस मदानदेव युवा क्लब बिच भएको भलिबल फाइनल खेलमा लगातार सोझो सेटमा उपाधी हात पार्न सफल भएको हिमजयोति बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति जयराज संज्यालले बताउनु भएको छ ।
    हिमज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र बिधार्थी युनियनको आयोजानामा सो असोज २६ गतेबाट सञ्चालन गरेको थियो । बडा दशै तथा तिहारको अवसरमा हिमज्योति स्ववियु कप भलिवल प्रतियोगिता आयोजना गरिएको स्ववियु सभापति जयराज सन्ज्यालले जानकारी दिनुभएको हो ।


    उक्त प्रतियोगितामा हुम्ला, मुगु र जुम्लाका १३ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताका बिजेता मदानदेव युवा क्लबले एक लाख ११ हजार १११ रुपियाँ नगद र ट्रफी प्राप्त गरेको छ भने द्धितीया हुने अदानचुलीले टिमले ५५ हजार ५५५ रुपियाँ प्राप्त गरेको छ ।
    त्यसैगरि प्रतियोगिताका तृतीया हुने जुम्लाको पातारासी गाउँपालिकाले २२ हजार २२२ रुपियाँ नगद प्राप्त गरेको छ । प्रतियोगितामा सहभागिता जनाउने टिमलाई दश हजार रुपियाँ प्रवेश शुल्क आयोजकले तोकेको थियो । बिजेता खेलाडी टिमलाई नगद,सिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको स्ववियु सभापति संज्यालले जानकारी दिनुभएको छ ।

    स्ववियुका सभापति जयराज संज्यालको अध्यक्षतामा र हिमज्योती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नेत्रलाल हमालको प्रमुख अतिथी र जिल्ला समन्वय सदस्य सिंह बहादुर शाहीको विशेष अतिथीम खेल सञ्चालन भएको थियो ।

  • ३ कार्तिक २०८२, आईतवार ०९:१९ प्रकाशित

  • Nabintech