नेपाल विद्युत् प्राधिकरणको कडाइ : घोराही सिमेन्टसहित चार उद्योगको लाइन काटियो

  • नमस्ते कर्णाली

  • ४, कार्तिक २०८२

    दाङ। नेपाल विद्युत् प्राधिकरणले दीपावली सम्पन्न भए लगत्तै चार वटा उद्योगको विद्युत् आपूर्ति रोक्दै लाइन काटेको छ। तीमध्ये एक घोराही सिमेन्ट (सगरमाथा सिमेन्ट) पनि हो, जसको लाइन आज बिहान ६:२० देखि ७:०० बजेसम्मको बिचमा काटिएको हो।
    प्राधिकरणका अनुसार, घोराही सिमेन्टले ५० करोड ८५ लाख रुपैयाँ बराबरको विद्युत् महसुल तिर्न बाँकी रहेको छ। यो रकम २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत लिइएको विद्युत् सेवाको प्रिमियम महसुल हो।
    प्राधिकरणले यसअघि पनि घोराही सिमेन्टसहितका उद्योगलाई बक्यौता भुक्तानी गर्न २१ दिनको अन्तिम अल्टिमेटम दिएको थियो। सो अवधि सकिएपछि कारबाही स्वरूप लाइन काटिएको हो।
    घोराही विद्युत् प्राधिकरणका प्रमुख दिवाकर प्याकुरेलका अनुसार, सरकारले किस्ताबन्दीमा भुक्तानी गर्न आग्रह गर्दा पनि कम्पनीले कुनै चासो नदेखाएको कारण लाइन काट्नुपरेको हो।
    यसै गरी अन्य तीन उद्योगको समेत विद्युत् लाइन काटिएको छ, जसको विवरण प्राधिकरणले चाँडै सार्वजनिक गर्ने जनाएको छ।

  • ५ कार्तिक २०८२, मंगलवार १२:२७ प्रकाशित

  • Nabintech