नेपालगन्जमा अत्याधुनिक मेट्रो डेन्टल एन्ड रुट क्यानल सेन्टर सञ्चालन — आरसिटी विशेषज्ञ डा. बसन्तराज न्यौपानेको नेतृत्वमा गुणस्तरीय दन्त सेवा

  • नमस्ते कर्णाली

  • ७, कार्तिक २०८२
    बाँके ।गुणस्तरीय दन्त उपचार सेवाका लागि नेपालगन्जमा आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) सेन्टरसहितको मेट्रो डेन्टल एन्ड रुट क्यानल सेन्टर सञ्चालनमा आएको छ। नेपालगन्ज–११, बीपीचोकस्थित नर्सिङ होमको अगाडि सञ्चालनमा आएको उक्त डेन्टल क्लिनिक नेपालगन्जको पहिलो आरसिटी सेन्टर भएको आरसिटी विशेषज्ञ डा. बसन्तराज न्यौपानेले जानकारी दिनुभयो।

    डा. न्यौपानेका अनुसार सेन्टरले दन्त परीक्षण, विशेषज्ञ परामर्श तथा दाँतसम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि गुणस्तरीय सेवा प्रदान गर्नेछ। उहाँले स्थानीयवासीलाई सहज र स्तरीय सेवा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको बताउँदै बिरामीको आवश्यकता अनुसार अन्य विशेषज्ञहरूको सेवा पनि उपलब्ध गराइने उल्लेख गर्नुभयो।

    नेपालगन्जमा हाल एकमात्र आरसिटी विशेषज्ञका रूपमा कार्यरत डा. न्यौपानेका अनुसार “दाँतको जरासम्म पुगेर उपचार गर्ने प्रक्रिया नै आरसिटी (रुट क्यानल ट्रिटमेन्ट)” हो।

    सेन्टरमा डा. न्यौपानेसँगै अनुभवी दन्त चिकित्सकहरू डा. सुशील चौधरी र डा. युवराज अधिकारीले पनि नियमित सेवा प्रदान गर्नेछन्।

    भविष्यमा यस सेन्टरलाई अत्याधुनिक सुविधा सम्पन्न डेन्टल अस्पतालका रूपमा विस्तार गर्ने लक्ष्य रहेको डा. न्यौपानेले बताउनुभयो।
    मेट्रो डेन्टल एन्ड रुट क्यानल सेन्टर को सञ्चालनसँगै नेपालगन्जवासीले अब दन्त उपचारका लागि बाहिर धाउनुपर्ने आवश्यकता घट्ने विश्वास गरिएको छ।

     

  • ८ कार्तिक २०८२, शुक्रबार १२:१७ प्रकाशित

  • Nabintech