उद्योग वाणिज्य संघ कोहलपुरले गर्यो नगरपालिकालाई २५ थान दराज हस्तान्तरण

  • नमस्ते कर्णाली

  • १७, कार्तिक २०८२
    बाँके । उद्योग वाणिज्य संघ कोहलपुरले नगरपालिकालाई २५ थान दराज हस्तान्तरण गरेको छ ।जेन्जी (युवा पुस्ता) ले नेपालमा भदौं २३ र २४ गते सरकारी कार्यालय, व्यक्तिगत घरहरुलाई तोडफोड, आग्जनी र लुटपाट गरेका थिए ।

    त्यसको सिकार कोहलपुर नगरपालिका समेत परेको थियो । नगरपालिकामा अधिकांश संरचनाहरु आग्लागी गरिएको थियो केही लुटपाट समेत भएको थियो ।
    आग्लागीबाट खरानी भएको नगरपालिकालाई सञ्चालन गर्नका लागि विभिन्न दाताहरुले सहयोग दिने क्रम जारी छ । एक औपचारीक कार्यक्रम गरी उवासंघका अध्यक्ष प्रदिप भट्टराईले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।
    हस्तान्तरण कार्यक्रममा बोल्दै उवासंघका अध्यक्ष भट्टराईले उवासंघ कोहलपुरले सामाजिक उत्तरदायित्व बहन गर्दै २५ थान दराज हस्तान्तरण गरेको बताउनुभयो ।
    नगरपालिकालाई सञ्चालन र व्यवस्थापन गर्न सहज र सजिलो बनाउन दराज हस्तान्तरण गरेको बताउँदै थप आवश्यक परे सहयोग गर्ने बताउनुभयो।
    नगर प्रमुख आचार्यले स्वस्र्फूत रुपमा पालिका सञ्चालन र व्यवस्थापनमा सहयोग गर्नुभएकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा समेत समन्वय र सहकार्यमा निरन्तर हुने विश्वास दिलाउनुभयो।

  • १८ कार्तिक २०८२, सोमबार ०८:२७ प्रकाशित

  • Nabintech