छत्रपाल आधारभूत बिद्दालयमा आगलागी,कार्यालय भवन पुर्ण रूपमा नष्ट

  • नमस्ते कर्णाली

  • अदानचुली गाउँपालिका (हुम्ला) — अदानचुली गाउँपालिकामा अवस्थित छत्रपाल आधारभूत विद्यालयमा आज राति करिब ८:४० बजे आगलागी भएको छ। आगलागीको कारण अहिलेसम्म खुलासा भएको छैन र यसबारे अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

    विद्यालय परिसरभित्र रहेका तीनवटा भवनमध्ये कार्यालय रहेको भवन पूर्ण रूपमा नष्ट भएको छ, भने बाँकी दुई भवन सुरक्षित रहेका छन्। आगलागी नियन्त्रणका लागि  प्रहरी स्थानीय बासिन्दा, शिक्षक र विद्यार्थीहरूले संयुक्त रूपमा प्रयास गरीरहेका छन ।

    आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन प्रक्रिया जारी रहेको छ। सुरक्षाकर्मी र स्थानीय प्रशासन घटनास्थलमा पुगेका छन् र आवश्यक अनुसन्धान तथा क्षति मूल्यांकन कार्य अघि बढाइरहेका छन् ।

    थप बिवरण आउन बाँकि

  • २० कार्तिक २०८२, बुधबार २१:४२ प्रकाशित

  • Nabintech