जेन्जी फोर्स कर्णालीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई नयाँ भवन निर्माणका लागि ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ । हुम्ला जिल्ला संयोजक तथा जेन्जी अगुवाहरुले सो ध्यानाकर्षण पत्र बुझाएको जेन्जी फोर्स कर्णालीले जानकारी दिएको छ ।
हिजो राती हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालय आगलागी भएको थियो । राति करिब ९ बजे माथिल्लो तलाको झ्यालबाट आगलागी सुरू भएको थियो ।
अगालागी भएको विद्यालयको भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । विद्यालयको मूल गेटमा रहेको भवनमा अफिस कोठासमेत थियो ।
कार्यालय भवनमा आगालागी हुँदा विद्यायमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् ।
सोलार एक सेट, २ थान ल्यापटप, २ थान डेस्टप, २ वटा प्रिन्टर, २ वटा दराजलगायतका सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।










