अभिभावक शिक्षा कार्यक्रम रास्कोटका हुदै

  • नमस्ते कर्णाली

  • कालिकोट । बालबालिकाको सिकाइ र समग्र शिक्षामा विकासमा अभिभावकको भूमिका, जिम्मेवार बनाउन र अभिभावकका व्यवहारले उनीहरूमा आत्मविश्वास, सृजनशीलता र नैतिक मूल्यहरू सुधारका लागि अभिभावक शिक्षा कार्यक्रम रास्कोट नगरपालिका वडा नं. ४, ५ मा सम्पन्न भएको छ । कार्यक्रम प्लान इन्टरनेशनलको सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र, हुरन्डेकको आयोजनामा, रास्कोट वडा नं. ४ र ५ तथा नगर युवा खेलकुद तथा शिक्षा शाखा, को सहयोगमा सम्पन्न गरिएको हो ।
    कार्यक्रममा अभिभावकहरूलाई बालबालिकाको सिकाइमा घरको वातावरण, सकारात्मक अनुशासन, मनोवैज्ञानिक आवश्यकता, र विद्यालयसँगको सहकार्यबारे जानकारी दिइएको थियो । प्रशिक्षक तथा शसक्त बालिका परियोजाना संयोजक पदम राज हमाल ले अभिभावकहरूलाई घरमै सिकाइ मैत्री वातावरण सिर्जना गर्न आग्रह गर्दै भने,“बालबालिकाको सफलता विद्यालय मात्र होइन, घरको माया, समय र समर्थनसँग पनि प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ ।”

    कार्यक्रममा सहभागी अभिभावक सर्जन शाही ले अभिभावक संग अनुभव आदान प्रदानका क्रमा भने, “यो कार्यक्रमले मेरो बच्चाको पढाइमा म कसरी सहयोग गर्न सक्छु भन्ने स्पष्ट बुझाइ दियो, अब म विद्यालयसँग नजिक भएर काम गर्नेछु र यस्तो शिक्षा हाम्रो वडामा मात्र नभएर रास्कोटका सबै वडामा आवश्यक रहेको भन्नु भयो ।” कार्यक्रममा वडा अध्यक्ष, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य र ७३ अभिभावकहरूको सहभागिता रहेको परियोजना संयोजक हमालले जानकारी दिनुभयो ।
    शिक्षकहरूका तर्फबाट सहभागि बिजयपुर अधारभुत विद्यालयका प्रध्यानाध्यापक यकिन्द शाहीका अनुसार यो अभिभावक शिक्षाले विद्यालय र घर अभिभावकबीचको सम्बन्ध मजबुत बनाउने र विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सुधार ल्याउने विश्वास रहेको बताउनु भयो ।
    कार्यक्रमको अन्त्यमा वडा नं ५ का अध्यक्ष मन तिरूवाले आफुले सोचेको काममा परियोजनाले सहयोग गरेको र अभिभावक संग राम्रो छलफल गराएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्न वडाको सहयोग हुने प्रतिबद्धता जनाए ।

  • २१ कार्तिक २०८२, बिहीबार १९:१४ प्रकाशित

  • Nabintech