लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा

  • नमस्ते कर्णाली

  • २३, कार्तिक २०८२

    सुर्खेत ।राष्ट्रिय  लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मातहतको जिल्ला शाखा सुर्खेतले आफ्नो २३ औं वार्षिक साधारण सभा तथा ९ औं जिल्ला अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।

    नव–निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा कबिराज गिरी, प्रथम उपाध्यक्षमा पवन योगी, द्वितीय उपाध्यक्षमा रमेश शाही, महिला अध्यक्षमा लक्ष्मी गिरी, सचिवमा रोशन राना, सह–सचिवमा भरत शाही, कोषाध्यक्षमा पवन बुढा, प्रवक्तामा लक्ष्मी लामिछाने, र सदस्यहरूमा भुवन खराल, यामु मगर र गणेश बिष्ट चयन भएका छन् ।

    नव–निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै वक्ताहरूले सुर्खेतको लोक तथा दोहोरी क्षेत्रको संरक्षण, प्रवद्र्धन र कलाकारहरूको हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

    कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय प्रतिनिधि, प्रदेशका कलाकार, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

  • २४ कार्तिक २०८२, आईतवार ०७:२४ प्रकाशित

  • Nabintech