एसईई उत्कृष्ट नतिजा ल्याउने र विज्ञान प्रदर्शनीका विजेता विद्यार्थी पुरस्कृत

  • नमस्ते कर्णाली

  • २४, कार्तिक २०८२

    हुम्ला ।शैक्षिक सत्र ०८१ मा सिमकोट गाउँपालिकाका सात वटा माविबाट एसईईमा सहभागिता जनाएर सबैभन्दा धेरै जिपिए ल्याउने र कर्णाली प्रदेश स्तरमा विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रममा विजेता विद्यार्थी पुरस्कृत भएका छन्।

    यसअघि सिमकोट गाउँपालिका शिक्षा समितिको बैठकले यी विधामा विजेता हुने विद्यार्थीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।

    एसईईमा सिमकोट गाउँँपालिकामा सबैभन्दा धेरै तीन दशमलव ६१ जिपिए ल्याउने बालमन्दिर माविका छात्र युवाराज बोहरालाई नगद २५ हजार रुपैयाँ प्रदान गरेको छ। तीन वर्षीदेखि सिमकोटले ३ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने निर्णय गरे पनि उक्त जिपिए अघिल्ला दुई वर्ष कुनै पनि विद्यार्थीले ल्याउन सकेका थिएनन्।

    त्यसैगरी, हुम्ला जिल्लाबाट विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रममा विजेता भई प्रदेश स्तरमा सहभागिता जनाउँदै प्रदेशमा पनि विजेता भएका दुई जना विद्यार्थी पुरस्कृत भएका छन्। मानसरोवर माविका छात्राले कर्णाली प्रदेशका दश वटै जिल्लासँग प्रतिस्पर्धा गर्दै विजेता भएका थिए।

    विद्यार्थी सन्तोष शाही र आकाश शाहीलाई जनही १५ हजार नगद प्रदान गरिएको हो। त्यसैगरी सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट उत्कृष्ट शिक्षक छनोट भएका मानसरोवर माविका शिक्षक धनबहादुर ऐडीलाई पनि दोसल्ला ओढाएर सम्मान गरेको छ।

  • २५ कार्तिक २०८२, सोमबार ०८:५० प्रकाशित

  • Nabintech