शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए

  • नमस्ते कर्णाली

  • ३०, कार्तिक २०८२
    बेइजिङ।‘शेन्ज्होउ–२०’ मिशनको सफलतापूर्वक समापन पछि, तीन जना अन्तरिक्ष यात्री शुक्रबार विमानमार्फत बेइजिङ फर्किएका छन् । ‘शेन्ज्होउ–२०’ चिनियाँ अन्तरिक्ष मिशन हो, जुन तीन अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनमा पठाउन सन् २०२५ को अप्रिल महिनामा प्रक्षिप्त गरिएको थियो । मिशनको मुख्य उद्देश्य अन्तरिक्षमा जीवन यापन गर्ने प्रविधि र भविष्यका मिशनहरूको तयारी गरेका थिए ।
    अन्तरिक्ष यात्रीहरू चेन डङ, चेन झोंग्रुई र वाङ जे शेन्ज्होउ–२१ यानमा सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका थिए । यान शनिबार बेलुकी ४ः४० बजे उत्तर चीनको इनर मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङ अवतरण स्थलमा अवतरण गर्यो । यानबाट चालक दलका सदस्यहरूले ५ः२१ बजे बाहिर निस्केका थिए ।
    चालक दलले २०४ दिन कक्षमा बिताएपछि सबैको स्वास्थ्य राम्रो रहेको  र रिटर्न मिशन सफल भएको चीन म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले जनाएको छ । अब यी अन्तरिक्ष यात्रीहरू चिकित्सकीय क्वारेन्टिनमा प्रवेश गर्नेछन्, जहाँ उहाँहरूको स्वास्थ्य परीक्षण र मूल्याङ्कन गरिनेछ । क्वारेन्टिन अवधि पछि उनीहरूले बेइजिङमा मिडियासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ ।

  • १ मंसिर २०८२, आईतवार ०८:०१ प्रकाशित

  • Nabintech