नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताललाई धन्यवाद

  • नमस्ते कर्णाली

  • ६, मंसिर २०८२

    बाँके ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले शुक्रबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिका वडा नं.–११ को कार्यालयलाई कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

    जेन्जी आन्दोलनका क्रममा वडा कार्यालय आगजनीबाट पूर्ण रूपमा क्षति पुगेको थियो । केही समय कार्यालय संचालन आउन सकेको थिएन । कार्यालयबाट सामान्य काम पनि हुन नसकेको अवस्थामा करिब १ लाख मुल्य बराबरको सामाग्री सहयोग गरेकोमा वडाध्यक्ष कल्पना शर्मा अधिकारीले धन्यवाद व्यक्त गरिन ।

    उनले भनिन,– ‘हामी अहिले घाइते अवस्थामा छौं, फेरी पनि सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रयास गर्दछौं । यसमा सबै पक्षले सक्दो सहयोग गरिदिनु होला । आन्दोलनका क्रममा कार्यालयमा क्षति पुगेको छ । शिक्षण अस्पताल कोहलपुर लगायत सहयोग गर्ने सबैलाई धन्य व्यक्त गर्दछु ।’

    शिक्षण अस्पतालका सिइयो सन्तोष कुमार बी एन, उपनिर्देशक श्याम कुमार शर्मा र प्रशासन सम्पर्क अधिकृत रामकृष्ण हमालले संयुक्त रूपमा वडाध्यक्ष कल्पना शर्मा अधिकारीलाई सो सामाग्री हस्तान्तरण गरें ।

    अस्पतालका प्रशासन सम्पर्क अधिकृत रामकृष्ण हमालले जेन्जीको आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका सबै प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले सहयोग वडा कार्यालय सञ्चालनका लागि सहयोग गरेको बताए । उनले, यो सहयोगले वडा कार्यालयबाट हुने सेवा प्रवाहमा थप सजिलो हुने बताउँदै अस्पताल सदैव कोहलपुरबासी र स्थानीय सरकारको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरे ।

  • ७ मंसिर २०८२, शनिबार १४:२४ प्रकाशित

  • Nabintech