११, पुस २०८२
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेपछि स्थानीयवासीहरूमा खुसी छाएको छ । हुम्ला जिल्लाको दक्षिण भागमा पर्ने उक्त गाउँपालिकामा छात्रवृत्ति करार सेवाअन्तर्गत डाक्टर गणेश जैसी खटाइएका हुन् ।
गाउँपालिकाको केन्द्र श्रीनगरमा रहेको श्रीनगर स्वास्थ्य चौकीमा रहेर सेवा दिनेगरी डा. जैसी खटाइएपछि गाउँपालिकाले उनको भव्य स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले उपचारको अभावमा नागरिकहरू अस्पताल पुग्न नपाउँदै बाटोमै ज्यान गुमाउनुपरेका पीडादायी घटनाहरू अब क्रमशः घट्ने अपेक्षा व्यक्त गर्नुभयो ।

पहिले सडक सुविधा नहुँदा बिरामीलाई पिठ्युँमा बोकेर अस्पताल लैजाँदा–लैजाँदै ज्यान गुमेका धेरै घटनाहरू रहेको स्मरण गर्दै उहाँले अहिले सडक निर्माण भई सवारी साधन चल्न थालेको र अब डाक्टरसमेत पुगेकाले त्यस्ता घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो । “अब यहाँ हुनसक्ने उपचार यहीँ हुनेछन्, थप उपचार आवश्यक परेमा समयमै सुविधा सम्पन्न अस्पताल जान सल्लाह पाइनेछ,” उहाँले भन्नुभयो, “मलाई त हामीले देउता नै पायौँ जस्तो अनुभूति भएको छ ।”
उपाध्यक्ष रोकायाले डाक्टर तथा स्वास्थ्यकर्मीलाई गाउँमै टिकाइराख्ने विषयमा गाउँपालिकाले विशेष ध्यान दिने बताउनुभयो । साथै स्वास्थ्य चौकीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
स्वागतपछि बोल्दै डा. गणेश जैसीले आफूले विकट जिल्ला हुम्लालाई छनोट गरेर आएको बताउनुभयो । आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै इमान्दारितापूर्वक सेवा दिने उहाँले प्रतिबद्धता











