चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेको बालकको मृत्यु

  • नमस्ते कर्णाली

  • ४ फाल्गुन, २०८१
    बर्दिया। बर्दियाको मधुवन नगरपालिका वडा नं. ७, भाट चोकमा शनिवार राति घरको आँगनमा खेलिरहेका दुई वर्षीय बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ।
    आक्रमणबाट राप्तीसोनारी गाउँपालिका ५ निवासी रिहान चलाउनेको मृत्यु भएको हो। रिहानकी आमा रचना चलाउने सानीआमाको घरमा रहेका थिए। चितुवाले बालकको घाँटी र टाउकोको पछाडिको भागमा आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।

    साँझ करिब ८ बजे बालक एक्कासि हराएपछि परिवारले खोजी थाले। स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरबाट ५०० मिटर दक्षिणपूर्वको खेतमा ९:१५ बजे मृत अवस्थामा बालक फेला परे।
    यसै स्थानमा गत माघ २५ गते पनि चितुवाले आक्रमण गर्दा ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो ।

  • ४ फाल्गुन २०८१, आईतवार ०८:४८ प्रकाशित

  • Nabintech