बाँकेमा ब्राउन सुगर सहित ६६ वर्षीय पुरुष पक्राउ

  • नमस्ते कर्णाली

  • १०, चैत्र २०८१
    बाँके ।बाँके प्रहरीले ठूलो परिमाणको लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। जानकी गाउँपालिका–५, बुडियागाउँबाट ६६ वर्षीय रममान खानलाई ३९ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो।

    लागू औषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध ब्युरो, नेपालगञ्ज शाखाको संयुक्त टोलीले खानलाई पक्राउ गरेको हो। चेकजाँचका क्रममा खानको साथबाट ब्राउन सुगरसहित नगद ४२ हजार ६५० रुपैयाँ र भे ६ प ३३०७ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल बरामद गरिएको बाँके प्रहरीका सूचना अधिकारी यामबहादुर मल्लले जानकारी दिनुभयो।

    हाल खानलाई नियन्त्रणमा राखेर थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले लागू औषध कारोबार नियन्त्रण गर्न अनुगमनलाई थप कडा बनाउने जनाएको छ।

     

  • ९ चैत्र २०८१, आईतवार ११:२२ प्रकाशित

  • Nabintech