पर्यटकीय गन्तव्य बन्दै दाङको पुरन्धारा झरना

  • नमस्ते कर्णाली

  • ११, चैत्र २०८१

    दाङ ।दाङको बबई गाउँपालिका –५ मा रहेको पुरन्धारा झरना पछिल्लो समय पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । हापुरे बजारबाट करिब १० किलोमिटर पश्चिम दक्षिण बबई नदीको छेउमा रहेको झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।

    घना जंगलको बिचमा करिव ४५ फिट उचाइबाट झर्ने झरनाकोे मनमोहक दृश्य अवलोकनसँगै फोटो, भिडियो खिच्ने र मनोरञ्जनका लागि दैनिक मानिसहरु पुग्ने गरेको स्थानीय बताउँछन् । गर्मीको समयमा झरनाको अवलोकनसँगै पौडी खेल्नका लागि धेरै मानिसहरु आउने गरेको बबई गाउँपालिका –५ निवासी स्थानीय शेरबहादुर बस्नेत बताउँछन् ।

    उनका अनुसार झरना अवलोकन, मनोरञ्जन तथा वनभोजका लागि दैनिक सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेका छन् । झरनाको प्रचार–प्रसारसँगै विकासका लागि पूर्वाधार निर्माण भएपछि यो क्षेत्रमा आउने मानिसको संख्यामा वृद्धि भएको भन्दै बस्नेतले भने, ‘पहिले खास चर्चामा थिएन, मानिस पनि आउँदैनथे । पछिल्लो समय झरना क्षेत्रमा पूर्वाधार विकाससँगै प्रचार–प्रसार भएपछि आउने मानिसको संख्या दोब्बरले बृद्धि भएको छ ।’

    उनका अनुसार खासगरी सार्वजनिक बिदा र चाडपर्वको समयमा झरना हेर्न आउनेको संख्या धेरै हुनेगरेको छ । जङ्गल क्षेत्रमा भएको र स्तरीय सडक नहुँदा बर्षातको समयमा झरनास्थलसम्म पुग्न समस्या हुने भएकाले सवैभन्दा पहिले सडकको अवस्था सुधारमा ध्यान दिनुपर्ने अर्का स्थानीय सुनिता बुढाले बताइन् । सडकको अवस्था सुधार गर्दै उक्त क्षेत्रमा पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्न सके बाह्य तथा अन्तरिक पर्यटनको वृद्धि हुने उनको भनाइ छ ।

  • १० चैत्र २०८१, सोमबार ०६:२८ प्रकाशित

  • Nabintech