नेकपा (एस) का पोलिटब्यूरो सदस्य अशोक कोइरालाको निधनमा नेता खनालद्वारा श्रद्धाञ्जली

  • नमस्ते कर्णाली

  • १२, चैत्र २०८१

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइञ्चार्ज अशोक कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ।

    मष्तिस्कघातका कारण ६३ वर्षीय कोइरालाको उपचारका क्रममा सोमबार काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको हो। नेता खनालले आज शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो।

    स्वर्गीय कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज अपराह्न १:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा राखिने जनाइएको छ। त्यसपछि उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिने छ।

    पार्टीका समर्पित नेता तथा अनुभवी राजनीतिक व्यक्तित्वका रूपमा चिनिनुभएका कोइरालाको असामयिक निधनले देशले एक जुझारु नेता गुमाएको नेता खनालले आफ्नो विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

  • ११ चैत्र २०८१, मंगलवार ११:५० प्रकाशित

  • Nabintech