१९, बैशाख २०८२
बाँके। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक (मई) दिवसका अवसरमा प्रेस चौतारी बाँकेले लामो समय प्रेस मजदुरका रुपमा कार्यरत प्रेस मजदुरहरुलाई सम्मान गरेको छ । जिल्लामै प्रेस मजदुर सम्मान गरेको यो पहिलो पल्ट भएको दावि गर्दै चौतारी बाँकेका अध्यक्ष कमल डाँगिले यस पटक प्रेस चौतारीले प्रेस मजदुरलाई सम्मान गर्ने परम्पराको थालनि गरेको वताएका छन । उनले आउदा बर्षदेखि नगद सहित सम्मान गर्ने योजना रहेको उल्लेख गर्दै पत्रकारीता क्षेत्रमा प्रेस मजदुरहरु पर्दा पछाडिका हिरो भएको उल्लेख गरे ।
प्रेस चौतारीले सम्मान गरेकाहरुमा रेडियो प्राविधिक धर्मराज गौतम, दैनिक नेपालगञ्जका पत्रिका वितरक प्रेम केवट र रेडियो प्रतिबोध एफएमकि प्राबिधिक मिना रावल रहेका छन । उनीहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य एवं मुश्लिम फाँट ईन्चार्ज मोहम्द हारुन हलवाई, चौतारीका केन्द्रिय सदस्य विष्णु प्रसाद बेल्वासे, भेषराज बस्नेत, सकिल अहमद कादरी र चौतारीका पुर्व केन्द्रिय कोषाध्यक्ष अछरी पोखरेल तथा लुम्विनी प्रदेश उपाध्यक्ष रुपा गहतराजले सम्मान पत्रकासाथ सम्मान गरेका हुन ।
पार्टि कार्यालय नेपालगञ्जमा आयोजित कार्यक्रममा नेकपा एमाले प्रचार विभाग प्रमुख खम्व पुन, चौतारी लुम्बिनी प्रदेश कोषाध्यक्ष बिनोद भट्टराई ,जनजाती पत्रकार संघ बाँकेका उपाध्यक्ष सोम गुरुङ,प्रेस चौतारी कोहलपुर नगर अध्यक्ष प्रमोद रिजाल लगाएतको सहभागिता रहेको थियो ।