शिक्षा क्षेत्रमा सहकार्यका सम्भावनामाथि लुम्बिनी सरकार र स्विजरल्याण्डका राजदूतबीच विस्तृत छलफल

  • नमस्ते कर्णाली

  • २५, बैशाख २०८२
    बाँके ।लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।

    भेटका क्रममा प्रदेशको समग्र सामाजिक विकास, विशेष गरी शिक्षाको गुणस्तर अभिवृद्धि, प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवर्द्धन र मैत्रीपूर्ण सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्री तिमिल्सिनाको सचिवालयले जनाएको छ।

    भेटमा राजदूत मेउलीले स्विजरल्याण्ड सरकार शिक्षा क्षेत्रको सुधारमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो।
    त्यस अवसरमा मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशको शिक्षा प्रणालीलाई प्रविधिमैत्री, रोजगारमुखी र समावेशी बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

  • २५ बैशाख २०८२, बिहीबार ११:१५ प्रकाशित

  • Nabintech