छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएकाछन् । छायाँनाथ रारा नगरपालिका–६ माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीयवासी हर्षित भएका हुन् ।
गमगढि बालै हुँदै माथी बालै ट्रयाक खुलेसँगै पहिलोपटक लिउडी,माथी बालै गाउँ गाडि पुगेको थियो ।गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् ।
छायाँनाथ रारा नगरपालिकाको २० लाख लगानीमा सडक निर्माण भएको र उपभोक्ता समिति मार्फत डोजर प्रयोगगरेर सडक निर्माण गरिएको जनाइएको छ ।
सडकको बिहिवार छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णु कुमार भाम उपप्रमुख ऐश्वर्य मल्लले संयुक्तरूपमा सडकको उद्घाटन गरेका थिए । सडक उद्घघाटन कार्यक्रममा नगरप्रमुख भामले चुनावका बेला गाउँ गाउँमा विद्युत् र सडक पुर्याउने वचन दिएकाले त्यसै अनुरुप सडक पुर्याउन सफल भएको बताए ।
छायाँनाथ रारा नगरपालीकाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य, उद्देश्यबमोजिम करिब सबैबस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा आफ्नो कार्यकालमा जसरी भए पनि सडक पुर्याउने नगरप्रमुख भामले बताए ।
यस गाउँमा रहेका स्थानीय उत्पादन आलु सिमी हुने गर्छन । यातायात सुविधा नहुँदा आलु, सिमी सदरमुकाम गमगढी बजार सम्म दुई घण्टा बोकेर भए पनि बिक्रीका लागि ल्याउने गरिएको र धेरै कुहिएर जाने गरेको थियो”, स्थानीयगोबिन्द्र भामले भने, “अब गाउँमा गाडी पुगेको छ, धेरै उत्पादन हुने आलु, सिमी बजारीकरणमा सहज हुनेछ भने कमाउनकै लागि गाउँका युवा बाहिरी जिल्लामा जानुपर्ने छैन, बरु आलु, सिमीखेतीका लागि उत्साहित हुनेछन् ।
नगरपालिकामा रहेका ८७ गाउँमध्ये अब कम्फा, तिर्प, सुम्ली, मुर्मा, सालिम गाउँमा सडक पुग्न बाँकी छ ।