“स्वस्थ जीवनशैलीका लागि नयाँ कदम: खजुरामा ३७ औं योग केन्द्रको उद्घाटन

  • नमस्ते कर्णाली

  • २८, बैशाख २०८२
    बाँके ।योग समिति नेपाल, केन्द्रिय कार्यालय नेपालगञ्जको आयोजनामा खजुरा गाउँपालिका–२ मा ३७ औं योग केन्द्रको उद्घाटन एक भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले केन्द्रको उद्घाटन गरिन्।

    उपाध्यक्ष मल्लले स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दै आएको योग समितिको अभियानलाई पालिकाले विशेष प्राथमिकता दिएको बताइन्। योग समिति नेपालको केन्द्रिय कार्यालय बाँकेमा नै रहेकाले खजुरा गाउँपालिकाले यस संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्।

    कार्यक्रममा स्वागत मन्तव्य डि.बि. तामाङले राखेका थिए भने सञ्चालन केन्द्रिय सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए। उद्घाटन समारोहमा केन्द्र स्थापनाको उद्देश्यबारे ३७ औं योग केन्द्रका प्रमुख संयोजक वेदबहादुर ओलीले प्रष्ट्याएका थिए।

    सो अवसरमा केन्द्रको व्यवस्थापन समिति पनि गठन गरिएको छ। वेदबहादुर ओली क्षेत्री संयोजक र गोविन्द बहादुर रावत तथा मिना चन्द सहसंयोजक चयन भएका छन्। सदस्यहरूमा शिव भण्डारी, भूपेन्द्र पोखरेल, बिनु ओली, टोपसरा वली, सुनिता रावत, जानुका रोकाय, रेखा विक, खिमा शर्मा र इन्द्र योगी रहेका छन्। साथै सल्लाहकारको भूमिकामा उपाध्यक्ष मल्ल रहने जानकारी उपाध्यक्ष लोकमाया सुवेदी सुमित्राले दिइन्।

    समारोहमा उपस्थित अतिथि र सहभागीहरूले योग अभ्यासलाई दैनिक जीवनमा समावेश गर्नुपर्नेमा जोड दिएका थिए।

     

  • २८ बैशाख २०८२, आईतवार ०९:३८ प्रकाशित

  • Nabintech