सेती नदिमा १० वर्षीय बालक डुबेर बेपत्ता 

  • नमस्ते कर्णाली

  • ३०, बैशाख २०८२

    डोटी । सेती नदिमा नुहाउने क्रममा एक १० वर्षीय बालक बगेर बेपत्ता भएका छन् । आज (मङ्गलवार ) १:४० बजेको समयमा जिल्लाको दिपायल सिलगढी नगरपालिका-१ श्रीखोलीशैन बस्ने रमेश बि।क।का छोरा १० वर्षीय छोरा अमित बि.क बगेर बेपत्ता भएका हुन् ।
    जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार सोही ठाउँ झोलुङ्गे पुल नजिक सेती नदिमा नुहाउने क्रममा बालक बगी बेपत्ता भएको जनाएको छ ।
    घटना स्थलमा प्रहरी नायव निरीक्षक कृष्ण सिंह ऐरीको कमाण्डमा ७ जनाको टोली खटिई बालकको खोजिकार्य भइरहेको जनाएको छ ।

  • ३० बैशाख २०८२, मंगलवार १६:३५ प्रकाशित

  • Nabintech