डडेल्धुरामा राष्ट्रिय परिचयपत्र बनाउनेको घुइँचो, जनशक्ति अभावले सेवाग्राही समस्यामा

  • नमस्ते कर्णाली

  • बैशाख ३०, २०८२

    डडेल्धुरा । डडेल्धुरामा राष्ट्रिय परिचयपत्र बनाउनेहरूको निकै घुइँचो लाग्ने गरेको छ तर जनशक्ति अभावका कारण सेवाग्राही निकै समस्यामा परेका छन् । राष्ट्रिय परिचयपत्र फाँटमा दुई जना कर्मचारी कार्यरत छन् सबै काम अनलाइन कम्प्युटरबाट हुने गर्दछ ।

    हरेक दिन सयौँ सेवाग्राही जिल्ला प्रशासन कार्यालय डडेल्धुराको राष्ट्रिय परिचयपत्र फाँटको अगाडि लाइन लागेका हुन्छन् तर समय अभावका कारण थप एक दिन जिल्ला सदरमुकाममा बास बस्नुपर्ने बाध्यता सिर्जना भइरहेको बेलापुरका सेवाग्राही रामबहादुर बिष्टको दुखेसो छ ।
    २०७७ साल भदौ २२ गते राष्ट्रिय परिचयपत्र बनाउने कामको सुरुवात भएको थियो । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नायब सुब्बा चन्द्रबहादुर रोकायले भन्नुभयो— ‘एउटा मात्रै स्टेशन भएका कारण भिड लाग्ने गरेको छ अर्को थप्न पाए सहज हुने थियो ।’
    राष्ट्रिय परिचय बनाउनका लागी राष्ट्रिय टोली खटिएको बेला झण्डै ६३४०६ जनाले फारम भरेका थिए जसमध्ये ५९९४७ जनाले परिचयपत्र पाइसकेको सुब्बा रोकायले बताउनुभयो ।
    पछिल्लो समय १५ हजार भन्दा बढीले तथ्याङ्क सङ्कलन भएको छ ९५५६ जनाको परिचयपत्र प्रशासनमा आइपुगेको छ ।

  • ३० बैशाख २०८२, मंगलवार १८:०६ प्रकाशित

  • Nabintech