कारको ठक्करबाट दुई महिलाको मृत्यु

  • नमस्ते कर्णाली

  • २, जेष्ठ २०८२
    कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१ वसन्तपुरमा मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
    शुक्रबार बिहान करिब ५ः४५ बजे गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदैगरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो ।
    दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।
    कार चालक रुपन्देहीको सैनामैना नगरपालिका –५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ३ जेष्ठ २०८२, शुक्रबार ०९:५६ प्रकाशित

  • Nabintech