विद्यालय बाहिरका बालबालिकाको खोजीमा गेरुवा गाउँपालिका: ‘विद्यालय बाहिर मुक्त क्षेत्र’ घोषणा गर्ने लक्ष्य

  • नमस्ते कर्णाली

  • ३, जेष्ठ २०८२
    बाँके । गेरुवा गाउँपालिकाले ५ देखि १७ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन सुरु गर्ने भएको छ। प्लान इन्टरनेसनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र र त्रि ग्रुपको साझेदारीमा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत जेठ २ गतेदेखि १० गतेसम्म तथ्यांक संकलन गरिनेछ।

    यस अभियानको मूल उद्देश्य विद्यालय उमेर समूहमा परे पनि विद्यालय बाहिर रहेका सबै बालबालिकालाई पहिचान गरी उनीहरूलाई विद्यालयमा ल्याउने, नियमित गराउने तथा टिकाइ राख्ने दीर्घकालीन योजना निर्माण गर्नु हो। सोही आधारमा गेरुवा गाउँपालिकालाई ‘विद्यालय बाहिर मुक्त क्षेत्र’ घोषणा गर्ने तयारी भइरहेको छ।

    तथ्यांक संकलन कार्यका लागि सामुदायिक विद्यालयका २६ जना प्रारम्भिक तहका शिक्षक र बाल विकास सहजकर्तालाई एकदिने अभिमुखीकरण तालिम दिइसकिएको छ। उनीहरूले मोबाइल एप ‘कोबो कलेक्ट’ प्रयोग गरी घर-घर पुगेर डिजिटल माध्यमबाट तथ्यांक संकलन गर्नेछन्।

    गाउँपालिका अध्यक्षसहितको समन्वयमा स्थानीय तह र समुदायलाई समेत सहभागी गराउँदै गरिएको यो पहलले गेरुवा गाउँपालिकालाई शिक्षामा समावेशी र सबल बनाउने अपेक्षा गरिएको छ।

     

  • ४ जेष्ठ २०८२, शनिबार ११:१९ प्रकाशित

  • Nabintech