लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको चौथो बैठक आज दिउँसो बस्दै, सामाजिक करसम्बन्धी विधेयकमाथि छलफल हुने

  • नमस्ते कर्णाली

  • ४, जेष्ठ २०८२
    लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौथो बैठक आज (आइतबार) दिउँसो १ बजे बस्न लागेको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा दुई मुख्य कार्यसूचीहरू रहेका छन्।

    प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार, बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरूले विशेष समयमा समसामयिक विषयमा धारणा राख्नेछन्। त्यसपश्चात् आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले “प्रदेश सामाजिक करसम्बन्धी विधेयक, २०८१” लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।

    बैठकमार्फत प्रदेशको राजस्व व्यवस्थापन र सामाजिक विकाससँग सम्बन्धित महत्वपूर्ण विधेयकमा छलफल हुने अपेक्षा गरिएको छ।

     

     

  • ५ जेष्ठ २०८२, आईतवार १०:१४ प्रकाशित

  • Nabintech