किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ

  • नमस्ते कर्णाली

  • १३,जेष्ठ २०८२

    दीपायल । किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–८ सनडाका ६१ वर्षीय च्यामे भनी चिनिने गंगाराम कोली पक्राउ परेका हुन् ।
    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कोलीले २०८१ फागुन १४ गते राति ११ बजेको समयमा नारीदाङ स्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ ।
    घटना केही महिना अघिको भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परेको थाहा पाए पछि आरोपित कोली भागेर भारत जान लागेका थिए ।
    उनलाई प्रहरीले कञ्चनपुर स्थित गड्डाचौकी नाकाबाट पक्राउ गरेको हो ।

  • १४ जेष्ठ २०८२, मंगलवार १०:३४ प्रकाशित

  • Nabintech