लुुम्बिनी:उत्सवमय गणतन्त्र दिवस(फाेटाे फिचर)

  • नमस्ते कर्णाली

  •  जेष्ठ १५,२०८२
    दाङ-लुम्बिनी प्रदेश सरकारले १८ औं गणतन्त्र दिवस उत्सवको रूपमा मनाइरहेकाे छ। तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरी आज मुल समारोह आयोजना गरिएको छ ।

    दिवसको अवसरमा विभिन्न कला, संस्कृतिसहितको झाँकी सम्मिलित प्रभातफेरीको आयोजना गरिएको छ । राप्ती गाउँपालिकाको परिसरबाट सुरु भएको प्रभातफेरी प्रदेश सभा पुगेर सभामा परिणत हुने छ ।

    स्थानीय कला, संस्कृति, समुदायको भेषभूषा र पञ्चे बाजासहितको प्रभातफेरी सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सभाका सभामुख, पूर्व मुख्यमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी तथा आम समुदायको सहभागिता रहेकाे छ।

     

     

  • १६ जेष्ठ २०८२, बिहीबार ०८:२० प्रकाशित

  • Nabintech