१८, जेष्ठ २०८२
हुम्ला। हिमाली जिल्ला हुम्लाको एक दुर्गम वस्तीको वडालाई बालश्रम र बालविवाह मुक्त घोषित गरिएको छ। वडाले यससम्बन्धी भरेका फारम गाउँपालिकाले श्रम तथा रोजगार मन्त्रालयमा पठाउँदा मन्त्रालयले यी दुवै कार्य मुक्त गर्न योग्य भएको जनाउ दिएपछि खार्पुनाथ गाउँपालिका– ४ लाई सो मुक्त घोषणा गरिएको हो।
हुम्ला जिल्लाको पहिलो बालश्रम र बालविवाह मुक्त वडा घोषणा गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाका प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले बताए। उक्त वडाले यस सम्वन्धि नौ वटा फारम भरेर गाउँपालिकामा पठाएको र त्यसलाई गाउँपालिकाले अनुमोदनका लागि पठाएको सिफारिसलाई श्रम तथा रोजगार मन्त्रालयले स्वीकृती दिएपछि वडालाई मुक्त घोषणा गर्न संभव भएको हो। बालश्रमका हकमा नौ वटा क्षेत्रमा अठार वर्षमुनिका बालबालिकाहरु कोही पनि काम गरेको नपाईएको कारण वडालाई बालश्रम मुक्त घोषित गरिएको हो। उक्त वडामा दुई सय जना यो उमेर समुहका बालबालिका रहनु भएको छ।
सामाजिक सञ्जालमा पछ्याउनुहोस्
त्यसैगरि बालविवाह नगर्ने, गरेमा कानूनी कठघरामा उभ्याउने, बालविवाह गर्न उक्साउने, हौस्याउने, प्रेरित गर्नेलाई पनि कानूनी कारवाहीको भागीदार वनाउने जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बिधार्थी, समाजसेवी, आमा समुह र वडावासीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेपछि बालविवाह मुक्त वडा घोषित गरिएको छ।
उक्त वडाकी वडा अध्यक्ष रंगमति शाहीले निक्कै परिश्रम र समुदायलाई सम्झाउने र जनचेतनामुलक कार्यक्रम सञ्चालन गरे पछिको परिणाम वडालाई दुई वटा कार्य बालश्रम र बालविवाह मुक्त गर्न सफल भएको बताए। उनले वडालाई दुई वटा कार्यबाट मुक्त गरिएको र अव यसलाई सधैका लागि बचाई राख्न चुनौती देखिएको भएपनि यसलाई बचाई राख्ने कार्यमा आफु लाग्ने बताए।
दुवै कामका लागि आफु वडाका पाँच वटै बस्तीमा पुगेर जनचेतना फैलाउने कार्यमा लागेको हो। वडालाई बालविवाह र बालश्रम मुक्त घोषणा गर्नु ठुलो कुरा नभएको तर यसलाई सधाका लागि बचाई राख्ने कार्यमा सबैले आफ्नो ध्यान दिन आवश्यक रहेको छ। यो बिकृती बिरुद्ध गाउँपालिकाले जेतनामूलक कर्यक्रम सञ्चालन गर्ने र यसलाई सदाका लगि बिदा गर्ने छ। जेठ महिनाभर बाँकी चार वटा वडालाई घोषणा गर्ने र असार पहिलो हप्ता गाउँपालिकालाई बालश्रम र बालविवाह मुक्त घोषणा गरेर असार १० गते वस्ने गाउँसभाबाट त्यसलाई अनुमोदन गरिने छ।