नेपालगन्ज फोटो फेस्टिवलः ‘पिपुल्स च्वाइस अवार्ड’ को भोटिङ खुला, शीर्ष ३१ उत्कृष्ट फोटो चयन

  • नमस्ते कर्णाली

  • २१, जेष्ठ २०८२

    बाँके ।नेपालगन्जमा हुन लागेको नेपालगन्ज फोटो फेस्टिवल २०८१ को सन्दर्भमा आयोजना गरिएको राष्ट्रिय फोटो प्रतियोगिता अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि शीर्ष ३१ उत्कृष्ट फोटोहरू सार्वजनिक भएका छन्।

    प्रतियोगिताका लागि ईसेवाको साझेदारीमा अनलाइन भोटिङ खुला गरिएको छ, जसअन्तर्गत सोमबारदेखि आम दर्शकले आफूले मन पराएको फोटोमा भोट गर्न सक्नेछन्।
    सबैभन्दा बढी भोट प्राप्त गर्ने फोटोले ‘पिपुल्स च्वाइस अवार्ड’ जित्नेछ।

    प्रतियोगिताको विजेताले रु. ५०,१११ नगद र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था ‘अन्तराल’ का प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो।

    अम्वीर तोलाङ, बबी साईं, तील थापा मगर, शंकर भुजेल, संजय महर्जन, अमित रावल, रोमिन थारु, आर्यन धिमाल, विजय थापा, तिलक गाहा मगर, भूवन श्रेष्ठ, दिलचन पून, हिमाल गैरे, जीवन लामा, केशव न्यौपाने, रामु वली, ब्रम्ह बुढा, मनोज पौडेल, मैत्या घर्ती मगर, विनय रावल लगायतका फोटोग्राफरहरू छनोटमा परेका छन्।
    देशभरिबाट प्राप्त १०० भन्दा बढी फोटोहरू मध्ये बरिष्ठ फोटो पत्रकार विकास कार्की (संयोजक), फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सम्मिलित निर्णायक समिति द्वारा १११ उत्कृष्ट फोटोहरू प्रारम्भिक चरणमा छनोट गरिएका हुन्।
    त्यसमध्ये ९ विधाका विजेताहरूलाई रु. ५,००० नगद र प्रमाणपत्र,
    र सम्पूर्ण प्रतियोगिताको सर्वोत्कृष्ट फोटोलाई ‘फोटो अफ द इयर’ अवार्डसहित रु. ५१,१११ नगद पुरस्कार प्रदान गरिने छ।
    फेस्टिवलको अन्तिम साता नेपालगन्जमा फोटो प्रदर्शनी गरिनेछ।
    त्यसपछि काठमाडौंस्थित नेपाल आर्ट ग्यालरीमा दुई दिने प्रदर्शनी गरिनेछ।
    त्यसै अवसरमा सुरु गरिने ‘नेपाल फोटो टुर’ सातै प्रदेशमा आयोजना गरिँदै देशव्यापी रूपमा विस्तार गरिने छ।

     

     

  • २२ जेष्ठ २०८२, बुधबार ०६:२२ प्रकाशित

  • Nabintech