हुम्लाका २३ बस्ती बाढी–पहिरोको उच्च जोखिममा

  • नमस्ते कर्णाली

  • जेष्ठ २३,२०८२
    हुम्ला । हिमाली जिल्ला हुम्लाका ३२ वटा बस्ती बाढी–पहिरोको उच्च जोखिममा रहेका छन्। भिरालो जमिन भएको स्थान बस्ती बसेका कारण वर्षा भएसँगै आउने बाढी–पहिरोको कारण ती बस्ती उच्च जेखिममा रहेका हुन्।

    ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले आफ्नो गाउँपालिकाका पाँच वटै वडाका गरी सात वटा बस्ती बाढी–पहिरोको उच्च जोखिममा रहेको बताए। उनले यी हरेक वर्ष बर्खायाममा पहिरो गइरहने भए पनि स्थानीय वासिन्दा विकल्प नभएपछि त्रासकाबीच ती जोखिम रहेका बस्तीमा बस्दै आएको बताए।उक्त गाउँपालिकाका वडाअनुसार जोखिममा रहेका बस्तीमा वडा नम्बर १ को कोलपेल्ना, २ नम्बरको दलितबाडा, ३ को भियालवाडा र रोकायावाडा, ४ को ओखडेना टोल र वडा नम्बर ५ को लेटपाटा र दलितवाडा रहेका छन्।

    यता, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले भिरालो जमिनमा बस्ती भएका कारण पालिका पूरै जोखिममा रहे पनि बढी जोखिममा रहेका बस्तीमा वडा नम्बर १ को कल्खे, २ को श्रीनगर र वडा नम्बर ६ को पाल्स वस्ती रहेको बताए।
    चङ्खेली गाउँपालिका– ५ को नेक्पा गाउँ पनि पहिरोको उच्च जोखिममा रहेको छ। जिल्ला विपद ब्यवस्थापन समितिका अनुसार सर्केगार्ड गाउँपालिका– १ को छिडी नात्ता, २ को रिप, ३ रातो पानी, ६ को गिउसी र ८ को राहदेब गाउँ पहिरोको उच्च जोखिममा छन्।
    त्यसैगरी, खार्पुनाथ गाउँपालिका–२ को थाली र सेराडिल, ३ को कारंङ्ग, ५ को खर्पेलगाउँँ पहिरोको उच्च जोखिममाा परेका छन्। सिमकोट गाउँपाालिका– १ को दोजाम, कुम्लिक जिउलो, ४ को स्याम्ने र ५ को खाद्यक गाउँ बाढी पहिरोको उच्च जोखिममा रहेका छन्।
    जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– १ को ताङ्गिन, हेक्पा धिंगा, गाडापारी, ३ को च्यादुक, ४ को चाला, ५ को मुचु र ६ को तील र हल्जी गाउँ पनि बाढी पहिरोको उच्च जोखिममा रहेका छन्।

    बाढी–पहिरोको उच्च जोखिममा रहेका बस्ती धेरै भएको र यस वर्ष मौसम पूर्वानुमान पनि बढी वर्षा हुने अनुमान गरिएको कारण जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर वडा, गाउँँपालिका र अन्य यस क्षेत्रमा काम गर्ने सरोकारवाला पक्षलाई पूर्वतयारी अवस्थामा रहने ब्यवस्था गर्न आग्रह गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।

  • २४ जेष्ठ २०८२, शुक्रबार ०७:३७ प्रकाशित

  • Nabintech