चार दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

  • नमस्ते कर्णाली

  • जेष्ठ २९, २०८२
    हुम्ला । यहाँको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका चार दिनदेखि बेपत्ता भएकी छन् ।
    यही जेठ २६ गते पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बुबा देवी सिंहले बताउनुभयो । विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहले बताउनुभयो ।

    परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उहाँले बताउनुभयो । बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरी चौकीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।  बेपत्ता बालिका कर्णाली माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत थिइन् ।

  • ३० जेष्ठ २०८२, बिहीबार ०७:०४ प्रकाशित

  • Nabintech