‘संस्कृति जोगाउँदै समावेशी विकासमा सरकार प्रतिबद्ध’:मुख्यमन्त्री आचार्य

  • नमस्ते कर्णाली

  • १, असार २०८२
    दाङ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नु भएको छ ।
    मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा र पहिचानलाई समेट्दै यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव र पहिचान संरक्षणमा योगदान पु¥याउने उल्लेख गरिएको छ ।

    ‘हाम्रा मौलिक संस्कार, परम्परा, रीतिरिवाज र चाडपर्वहरू सामाजिक र सांस्कृतिक समृद्धिको बलियो आधार हुन् । भूमे पर्व आदिवासी जनजाति समुदायको सांस्कृतिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको पर्व हो, जसले भूमि, प्रकृति र पूर्वजप्रतिको सम्मान प्रकट गर्छ ।’
    प्रदेश सरकार यस्ता मौलिक पर्वहरूको संरक्षण गर्दै समावेशी विकासमा जोड दिन प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । भूम्या पूजाको सांस्कृतिक महत्वलाई सम्मान गर्दै सरकारद्वारा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा असार १ गते आइतबार सम्वन्धित समुदायकालागि सार्वजनिक बिदा दिएको पनि जानकारी गराइएको छ ।

    मुख्यमन्त्री आचार्यले यो पर्वले समुदायबीच एकता, सहकार्य र प्रकृति संरक्षणप्रतिको चेतना बढाउने विश्वास व्यक्त गर्नु भएको छ । साथै, उहाँले भूमे पर्व प्रदेशको मौलिकता झल्काउने अमूल्य धरोहरका रूपमा अझ मजबुत रूपमा स्थापित होस् भन्ने कामना पनि गर्नु भएको छ ।

  • १ असार २०८२, आईतवार ०७:३२ प्रकाशित

  • Nabintech