३, असार २०८२
जुम्ला ।जुम्लामा ट्याक्टर दुर्घटना हुदा १ जनाकाे मृत्युु भएको छ। भने ४ जना घाइते भएका छन् । साेमबार राती ९ बजे चन्दननाथ नगरपालिकाकाे एयरपोर्ट बाट चन्दननाथ ९ काे तलिउम तर्फ जाँदै गरेकाे लु २ त १११५ नम्बरको ट्याक्टर अनियन्त्रित हुदा चन्दननाथ नगरपालिका ७ खल्लाचौरमा ट्याक्टर दुर्घटना हुदा १ जनाकाे मृत्यु र ४ जना घाइते भएका हुन् ।मृत्युु हुनेमा चन्दननाथ नगरपालिका – ९ का वर्ष ४८ का जोखी सार्कीको उपचारको क्रममा गएराती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक राेहित रसाइलीले जानकारी दिए।
उनको ९ बजेर ४८ मिनेटमा मृत्युु भएको थियो।उनका अनुसार, घाइते हुनेमा चन्दननाथ नगरपालिका ९ तलिउमका वर्ष २९ कि देबु सार्कि, तलिउमकै ३५ वर्षकी मैनामुरली सार्की र चन्दननाथ ९ तलिउमकै ४८ की रंगा सार्की र ट्याक्टर चालक वर्ष २२ का सन्तोष सार्की रहेकाे प्रहरी निरिक्षक रसाइलीले बताए ।
ट्याक्टर जुम्ला बजारकाे एर्यरपाेर्ट बाट चन्दननाथ नगरपालिका ९ तलिउम तर्फ जाँदै गरेको थियाे । सडक बाट करिव २० मिटर तल खस्दा दुर्घटना भएको हाे । अहिले घाईतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। घाइतेहरूकाे अवस्था सामान्य छन् ।